Pages

Pages

Pages - Menu

Saturday, August 1, 2015

बाल कविता : सात बार सात दिन

आइतबार बिहानै घामसित उठें म
हातमुख धोएर पढ्न बसें म 
सोमबार बिहानै आमासित उठें म
कापीकलम लिएर लेख्न बसें म 

मंगलबार फूलबारीमा फूल सारें मङ्गले

त्यो फूललाई गोडें मैले आफ्नै ढङ्गले 
बुधबार फूलबारीमा जब आमा जानु भो
मेरो काम देखेर खुसि हुनु भो 

बिहीबार घरमा मैले गीत गाउँदा

मेरी सानी सानिमाले चकलेट दिनु भो 
शुक्रबार स्कूलमा मैले गीत गाउँदा
खुसि भई गुरुमाले स्याबास भन्नु भो 

शनिबार नुहाएँ, हाँसे, खेलें, रमाएँ

मिठो खाजा खाए पछि पुस्तक समाएँ 
यसरी नै बिते मेरा सात बार सात दिन
भन साथी कस्ता रहे तिम्रा सात दिन ?



   अभ्यास


   सात वटा बारका नाम लेख 

   ________________________

   ________________________

   ________________________

   ________________________

   ________________________

   ________________________

   ________________________



   खाली ठाउं भर 

   सोमबार बिहानै   उठें म ____ लिएर पढ्न बसें म 

   ____ फूलबारीमा फूल सारें मङ्गले, त्यो फूललाई गोडें मैले आफ्नै ____ 



   तलका प्रश्नका छोटो उत्तर लेख 


   क) आइतबार नानी कोसंग उठिन् ?

   ख) सोमबार नानी कोसंग उठिन् ?

   ग) नानीले कुन बार फूलबारीमा फूल सारिन् ?

   घ) नानीको काम देखेर को खुसी भईन् ?


   ङ) नानीलाई कसले चकलेट दिनुभो ? 

No comments:

Post a Comment