आइतबार बिहानै घामसित उठें म
हातमुख धोएर पढ्न बसें म ।
सोमबार बिहानै आमासित उठें म
कापीकलम लिएर लेख्न बसें म ।
मंगलबार फूलबारीमा फूल सारें मङ्गले
त्यो फूललाई गोडें मैले आफ्नै ढङ्गले ।
बुधबार फूलबारीमा जब आमा जानु भो
मेरो काम देखेर खुसि हुनु भो ।
बिहीबार घरमा मैले गीत गाउँदा
मेरी सानी सानिमाले चकलेट दिनु भो ।
शुक्रबार स्कूलमा मैले गीत गाउँदा
खुसि भई गुरुमाले स्याबास भन्नु भो ।
शनिबार नुहाएँ, हाँसे, खेलें, रमाएँ
मिठो खाजा खाए पछि पुस्तक समाएँ ।
यसरी नै बिते मेरा सात बार सात दिन
भन साथी कस्ता रहे तिम्रा सात दिन ?
अभ्यास
सात वटा बारका नाम लेख ।
________________________
________________________
________________________
________________________
________________________
________________________
________________________
खाली ठाउं भर ।
सोमबार बिहानै उठें म ____ लिएर पढ्न बसें म ।
____ फूलबारीमा फूल सारें मङ्गले, त्यो फूललाई गोडें मैले आफ्नै ____ ।
तलका प्रश्नका छोटो उत्तर लेख ।
क) आइतबार नानी कोसंग उठिन् ?
ख) सोमबार नानी कोसंग उठिन् ?
ग) नानीले कुन बार फूलबारीमा फूल सारिन् ?
घ) नानीको काम देखेर को खुसी भईन् ?
ङ) नानीलाई कसले चकलेट दिनुभो ?
Saturday, August 1, 2015
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment